गोबर्धन आचार्यको संयोजकमा गोरखा भेलाका लागि बन्यो ११ सदस्यीय आयोजक समिति

२९ साउन, काठमाडौं । आचार्य बन्धु समाज नेपालले गोरखा जिल्ला कार्यसमिति गठनका लागि भेला आयोजक समिति गठन गरेको छ । शनिबार आयोजीत गोरखास्थीत गोरखाबजार छिपी टोल धारापानीमा आचार्य बन्धुहरुको ब्यापक सहभागीतासाथ बसेको बैठकले उक्त आयोजक समिति गठन गरेको छ। नब गठीत भेला आयोजक समितिमा पुर्व शिक्षक एबम् समाजसेवी गोबर्धन आचार्यको संयोजकत्वमा, उपाध्यक्ष ध्रुवबाबु आचार्य, सचिव सुवासचन्द्र आचार्य, कोषाध्यक्ष दुर्गा प्रसाद आचार्य रहेका छन् । यस्तै स्थानीय ज्येष्ठ ब्यक्तीत्व गोबर्धन आचार्यको संयोजकत्वको समितिको सदस्यमा लक्षमण बाबु आचार्य, रामशरण आचार्य, लक्ष्मण आचार्य, मोहन आचार्य, प्रकाश आचार्य, अमृत आचार्य सज्जीव आचार्य रहेका छन् । गोरखा जिल्ला कार्यसमिति गठन गर्न भदौको अन्तिम साता गोरखाका कौडिन्य गोत्रीय आचार्य बन्धुहरुको ब्यापक भेला गर्ने र गोरखाका बन्धुहरुलाई समेट्नेगरी कार्य गर्ने समितिका सदस्य रामशरण आचार्यले सुर्यखबरलाई बताए । समाजले १ भदौमा काठमाडौंका आचार्यहरुको बृहत अधिवेशन गर्ने तथा १६ भदौा बाग्मती प्रदेश अधिवेशन गर्ने कार्यक्रम तय गरिसकेको तथा अन्य प्रदेश र जील्लाहरुमा भेला तथा अधिवेशनहरु गर्दै जाने कार्यक्रम रहेको समाजका महासचिव शुभन राज आचार्यले जानकारी दिए ।