आचार्य समाज छोरीबुहारी बिभाग गठन, अध्यक्षमा अम्बिका

१३ साउन, काठमाडौं । आचार्य बन्धु समाज नेपालले बिश्वभर बस्ने आचार्यका छोरी तथा बुहारीलाई समेटेर आचार्य समाज छोरीबुहारी समिति गठन गरेको छ । नवगठीत समितिको अध्यक्षमा अम्बिका रुपाखेती आचार्य रहेकी छन् । शिक्षण पेशाबाट पेन्सन भएकी आचार्यको अध्यक्षतामा गठीत समितिको उपाध्यक्षमा गायत्री आचार्य, सचिवमा वविता शर्मा आचार्य, सह–सचिवमा तारा आचार्य, कोषाध्यक्षमा गिता आचार्य रहेका छन् । यसैगरी सदस्यहरुमा सूचना आचार्य, प्रेमा आचार्य, उर्मिला आचार्य, मैयाँ आचार्य, मन्जु आचार्य, अन्जना आचार्य निर्बाचित भएका छन् । समितिले तत्कालै आउँदै गरेको हरितालीका तीजमा भब्य दर खुवाउने कार्यक्रम गर्ने नवनिर्बाचित अध्यक्ष अम्बिका आचार्यले सुर्यखबरलाई जानकारी दिईन् । आचार्य बन्धु समाज नेपालका केन्द्रीय अध्यक्ष बाबुराम आचार्य, महासचिव शुभनराज आचार्य, केन्द्रीय सदस्य रामहरी आचार्य, भूमिराज आचार्य, बाग्मती प्रदेश अध्यक्ष जयराज आचार्य, काठमाडौं जील्ला अध्यक्ष रामजी आचार्य, संस्थापक केन्द्रीय सदस्य रमेश आचार्यलगायत प्रतिष्ठीत आचार्यहरुको उपस्थिति थियो । काठमाडौंमा रहेको आचार्य समाजको केन्द्रीय कार्यालयमा आयोजीत भेलाले आज आचार्य समाज छोरी बुहारी बिभाग गठन गरेको हो ।