११ भदौ, काठमाडौं । आचार्य बन्धु समाज नेपालको बाग्मती प्रदेश अधिवेशन भदौ १६ गते शनिबार सम्पन्न हुने भएको छ । काठमाडौं नयाँ बानेश्वरमा बसेको जयराज आचार्यको अध्यक्षताको बैठकले प्रदेश अधिवेशन भदौ १६ गते शनिबार सम्पन्न गर्ने निर्णय गरेको हो । ईचिबान मल्टिकियुसाईन एण्ड मल्टीपर्पोज भेन्यु, डिल्लीबजार, चारखाल (सिद्दी पोलिक्लिनिकको ठीक पारीपट्टी) दिनको २ बजे सुरु हुने समाजले जानकारी दिएएको छ । बागमती प्रदेशका १३ जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, रामेछाप, सिन्धुपाल्चौक, रसुवा, दोलखा, सिंधुली, मकवानपुर, नुवाकोट, धादिगं, चितवन)का प्रतिनिधिहरु रहनेगरी सम्पन्न हुने भनिएको अधिवेशनको तयारी समितिको संयोजकमा प्रदेश अध्यक्ष जयराज आचार्यको संयोजकत्वमा अधिवक्ता लक्ष्मण आचार्य र प्रकाश आचार्य सदस्य रहनेगरी तीन सदस्यीय निर्बाचन तयारी समिति गठन गरिएको छ ।