आचार्य समाज सिन्धुलीको जिल्ला अधिवेशन शनिबार

२९ भदौ, काठमाडौं । आचार्य बन्धु समाज नेपाल सिन्धुली जिल्लाको जिल्ला अधिवेशनको अन्तिम तयारी पुरा भएको छ । सिंध्लीको सुनकोशी गाउँपालीका ३ रातमाटाको रेडक्रस भबनमा गर्न लागिएको अधिबेशन सभ्य र भब्य रुपमा सिंधुलीका धेरै भन्दा धेरै आचार्यहरुको उपस्थितिमा गर्न लागिएको जिल्ला संयोजक मिठाराम आचार्यले जानकारी दिए । ्अधिवेशनमा आचार्य बन्धु समाज नेपाल बिदेश बिभाग संयोजक डा शुरेस आचार्य, बागमती प्रदेश सदस्य रामप्रसाद आचार्य कार्यक्रमस्थल पुगीसकेका छन् भने समाजका बागमती प्रदेश कोषाध्यक्ष शैलेश आचार्य, काठमाडौं जिल्ला अध्यक्ष रामजी प्रसाद आचार्य तथा केन्द्रीय अध्यक्ष बाबुराम आचार्य आजै साँझ कार्यक्रमस्थल पुग्ने सकमाजका केन्द्रीय महासचिव शुभनराज आचार्यले जानकारी दिए । समाजले कार्यक्रममा सिंधुलीका सम्पूर्णलाई निमन्त्रणा गर्दै उपस्थितिका लागि अनुरोधससिहत सम्पर्क ब्यक्तीहरु तोकेको छ । सम्पर्क ब्यक्तीहरुमाः मीठाराम आचार्य (संयोजक सिंधुली – ९८६०१०५३३३), (सदस्य, रामप्रसाद आचार्य बागमती प्रदेश– ९८५१०९७९१९), डा शुरेस आचार्य (बिदेश बिभाग संयोजक– ९८५१०५६५६०), रामजी प्रसाद आचार्य (काठमाडौं जिल्ला अध्यक्ष–९८६०४२३२९७), शैलेस आचार्य (बागमती प्रदेश कोषाध्यक्ष–९८४९०९७७००) रहेका छन् ।