३१ भदौ, बोहोरेटार, सिंधुली । सिन्धुली बोहोरेटारमा शनिबार सम्पन्न ‘आचार्य बन्धु समाज नेपाल’को प्रथम सिन्धुली जिल्ला भेला भव्यरुपमा सम्पन्न भएको छ । समाजका केन्द्रीय अध्यक्ष बाबुराम आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा आचार्य बन्धु समाज नेपालका विदेश समन्वय संयोजक डा. सुरेश आचार्य, वागमती प्रदेश सदस्य राम प्रसाद आचार्य , काठमाडौं जिल्ला अध्यक्ष रामजी आचार्य र सिन्धुली तदर्थ समिति अध्यक्ष मिठाराम आचार्यको महत्वपूर्ण उपस्थितिमा भएको भेलामा सिन्धुलीका नौ वटै स्थानीय निकायका आचार्यहरुको उपस्थिति थियो। कौडिन्य गोत्रीय आचार्यहरुको भेलाले मिठाराम आचार्यको अध्यक्षतामा पहिलो कार्यसमिति सर्बसममत् रुपमा निर्बाचित गरेको छ। कार्यसमितिमा कूलमणि आचार्य उपाध्यक्ष रहेका छन् । यस्तै कायैसमितिको सचिवमा प्रेमकुमार आचार्य, सहसचिवमा पवन आचार्य, कोषाध्यक्षमा सरला आचार्य, सदस्यहरुमा लोकहरि आचार्य, चन्द्रप्रसाद आचार्य, डम्बर आचार्य, नरहरि आचार्य लगायत भेलाबाट सर्वसम्मत चयन भएका छन् । यसैगरी जिल्ला समितिको सल्लाहकार सभामा प्रा.वासुदेव आचार्य, तुलसी आचार्य, मधुसुदन आचार्य र शरद आचार्य रहेका छन् । यसैगरी सोही भेलाले मणिराम आचार्यको सभापतित्व र हेमा आचार्यको उपसभापति रहेको सुनकोशी गाउँपालिका समिति समेत बनाएको छ । यसैगरी सचिवमा केशव प्रसाद आचार्य, सह– सचिव, तेजराज आचार्य –५, कोषाध्यक्षस् रोशनभाइ आचार्य –५, सदस्य– सुदर्शन आचार्य – ५, सदस्य– देवराज आचार्य–३, सदस्य– उमा आचार्य–३, सदस्य– पुष्कर आचार्य–७ लाई सर्वसम्मत चयन गरेको छ। ११ सदस्यीय कार्यसमिति गठन भएपनि र सल्लाहकार समिति भने सुनकोशी गाउँपालीका समितिको प्रथम बैठकमा मनोनयन गरिने नबनिर्बाचित सभापति मणिराम आचार्यले जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथी बाबुराम आचार्यले ७७ वटै जिल्ला, सात प्रदेश, बिशवका १९० भन्दा बढी मुलुक, आचार्यहरुको उपस्थििति भएका ७५३ वटै स्थानीय तह र आवश्यक परे वडामासमेत आचार्य बन्धु समाज बिस्तार गर्ने कार्यक्रम रहेको जानकारी थिए । उनले आचार्य समाज राजनीति गर्ने तथा आय बढाउने थलो नभई समाजीक सेवाका लागि कार्य गर्ने फोरम हुने बताए । आचार्य बन्धु समाज नेपाल बिदेश बिभाग संयोजक तथा पत्रकार महासंघका पुर्व सभापति डा शुरेस आचार्यले आचार्य समाजको आवश्यक्ताको औचित्य पछिल्ला दिनहरुमा पुष्टी हुंदै गएको र बिश्वभर बस्ने कौडिन्य गोत्रीय आचार्यहरु एक ढिक्का हुनुपर्ने आवश्यक्ता बढेको बताए । उनले आचार्यहरु एकहुने भन्दैमा राजनीतिकरण गर्ने भन्ने हुँदैहोईन भन्दै बिश्वभर बस्ने आचार्यहरुलाई आचार्य बन्धु समाव नेपालसँग ढुक्कले जोडिएर सहकार्य गरेर सदस्य बनेर अगाडी बढ्न आग्रहसमेत गरे । बागमती प्रदेश सदस्य रामप्रसाद आचार्यले अन्य थरका समाज खुलेको अवस्थामा आचार्य समाजले आफ्ना गतिबिधि बढाउनु स्वभाबिक भएको भन्दै केन्द्रीय अध्यक्ष बाबुराम आचार्यले बिबश्वभर बस्ने आचार्यहरुलाई जोड्न महत्वपूर्ण भूमिका खेल्न महत्वपूर्ण योगदान गरेको हुँदा अध्यक्ष र केन्द्रीय समितिलाई सहयोग गरेर सबै आचार्य बन्धुहरु अगाडी बढ्नुपर्ने बिचार ब्यक्त गरे । नबनिर्बाचित सिंधुली जिल्ला सभापति मिठाराम आचार्यले सिंधुलीभर बस्ने कौडिन्य गोत्रीय आचार्य बन्धुहरुलाई जोड्न आफुले प्रयत्न गर्ने भन्दै प्रदेश र केन्द्रसँग समन्वय गरेर अगाडी बढ्ने प्रतिबद्धता जनाएका छ ।