आचार्य समाजको काठमाडौं जिल्ला अधिवेशन भदौ १ मा, ११ वटै स्थानीय तह र सबै वडाका आचार्यहरुलाई उपस्थितिका लागि आह्वान

२१ साउन, काठमाडौं । आचार्य बन्धु समाज नेपालको काठमाडौं जील्ला अधिवेशन भदौ २ गते शनिबार सम्पन्न हुने भएको छ । काठमाडौंमा नयाँ बानेश्वरमा बसेको रामजी आचार्यको अध्यक्षताको बैठकले जिल्ला अधिवेशन भदौ २ गते गर्ने निर्णय गरेको हो । कुन स्थानमा अधिवेशन गर्ने भन्ने तय नभएपनि समय दिनको १ बजेदेखी र भदौ २ गते शनिबार रहने बताईएको छ । स्थानको टुंगो लगाउने अधिकार काठमाडौं जील्ला अध्यक्ष रामजी आचार्यलाई दिइएको छ । सदस्यता नबिकरण गर्ने, नयाँ सदस्यता बितरण लगायतका कार्यक्रमहरु द्रुत गतीले भईरहेको भन्दै काठमाडौं जील्लाले नबिकरण गर्न र नयाँ सदस्यता लिन इच्छुक कौडिन्य गोत्रीय काठमाडौं बासी आचार्य बन्धुहरुलाई आग्रह गरेको छ । सदस्यता नविकरण तथा नयाँ बितरण गर्न अध्यक्ष रामजी आचार्य तथा केन्द्रीय कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ । जील्ला अधिवेशनसम्बन्धि सम्पुर्ण ब्यवस्थापनका लागि अध्यक्ष रामजी आचार्य (९८६०४२३२९७) को संयोजकत्वमा रोयल आचार्य (९८५११४५६४१), प्रमोद आचार्य (९८४११५७८६३), उत्तमराज आचार्य (९८४९१४८२०३) अन्जना आचार्य (९८४१५४०७१८) सदस्य रहेको पाँच सदस्यीय निर्बाचन तयारी समितिसमेत गठन गरिएको छ । समाजका महासचिव शुभनराज आचार्य, केन्द्रीय सदस्य रामहरी आचार्य तथा संस्थापक केन्द्रीय सदस्य रमेश आचार्यसहितको उपस्थितिमा काठमाडौं जिल्लाको बैठकले उक्त निर्णयहरु गरेको हो । आचार्य बन्धु समाज नेपालले सातै प्रदेश, ७७ वटै जील्ला र आवश्यक भएका स्थानीय तहमासमेत आचार्य समाज गठन गर्दै लाने र आफ्नो योजनाहरु सफल बनाउने लक्ष राखेको केन्द्रीय समितिका अध्यक्ष बाबुराम आचार्यले बताएका छन् । बैठकपछि काठमाडौं जिल्ला अध्यक्ष रामजी आचार्यले जिल्ला अधिवेशन भब्य रुपमा सम्पन्न गरिने गरी तयारी भईरहेको बैठकपछि सुर्यखवरलाई जानकारी दिएका छन् ।