संक्षिप्त परिचय
नेपाल बहु जातीय, बहुभाषिक र बहु सांस्कृतिक मुलुक हो । यहाँ आ–आफ्नो भाषा, धर्म संस्कृति, परम्परा रीतिरिवाज रही आएका छन् । देश तथा विदेशमा रहेका कौडिन्य सगोत्रीय आचार्यहरूको आन्तरिक एकता सुदृढ गर्दै, वंश, परम्परा, उत्पत्ति, इतिहास र समाजका विविध क्षेत्रमा विशेष योगदान पुर्याउने अवधारणा स्वरूप आचार्य बन्धु समाज-नेपालको स्थापना भएको हो । २०६९ सालमा काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा विधिवत् दर्ता गरी स्थापना भएको यस आचार्य बन्धु समाज नेपालको केन्द्रीय कार्यालय हाल काठमाडौँ महानगरपालिका वडा -१०, मध्य बानेश्वर रहेको छ । कौडिन्य सगोत्रीय आचार्यहरूको क्रियाशीलतामा स्थापित यो संस्था जनहितकारी, मुनाफारहित संस्था हो । कौडिन्य सगोत्रीय आचार्यहरू बिच आन्तरिक एकता सुदृढ गरी रचनात्मक धारणा निर्माण गर्दै बन्धुहरूको खोज तथा ऐतिहासिक अध्ययन अनुसन्धान, विश्लेषण र विवेचना गरी स्वधर्म, चाडपर्व, रीतिरिवाज, परम्परा, संस्कृति आदिलाई बचाउँदै आपसमा एकता, सद्भाव, सहयोग, मातृत्व भाइचाराको विकास गरी देश विद...